सुनको भाउ तोलामा ८०० रुपैयाँ बढ्यो, कति पुग्यो ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ पौष २०, सोमबार (३ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

पुस २०, काठमाडौ । सोमबार सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको छ । हिजो आइतबार तोलामा ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज सोमबार भने ९५ हजार ३०० रुपैयाँमा खरिदबिक्री हुनेछ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोही परिणामको तेजावी सुनलाई प्रतितोला ९४ हजार ८०० रुपैयाँ मा कारोबार हुनेछ ।

यता, चाँदीको भाउ पनि प्रतितोला २५ रुपैयाँले बढेको छ । यसअघि एक हजार ३०० रुपैयाँमा कारोबार भएको चाँदीलाई आज एक हजार ३२५ रुपैयाँ पर्ने महासंघले जनाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस